राष्ट्रपति पौडेलले भाउजु विष्णुमायाको हातबाट विजया दशमीको टीका ग्रहण गर्ने

90 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भाउजु विष्णुमाया पौडेलको हातबाट यसवर्षको विजया दशमीको टीका ग्रहण गर्ने हुनुभएको छ ।

राष्ट्रपति पौडेलले बिहान ११ वजेर २ मिनेट जाँदा ९१ वर्षिया भाउजु विष्णुमाया पौडेलको हातबाट टीका जमरा ग्रहण गर्ने उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलले भाउजुको हातबाट टीका जमरा लगाएपछि परिवारका सदस्यहरूलाई टीका लगाइदिने कार्यक्रम छ ।

यसैबीच, राष्ट्रपति पौडेलले विजया दशमीको दिन सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई समेत टीका दिने कार्यक्रम रहेको छ । यस्तै उहाँले विजयादशमीका दिन राष्ट्रपति कार्यालयमा दिउँसो २ देखि ३ बजेसम्म विशिष्ट र ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई टीका–जमरा लगाइदिनुहुने छ ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले सर्वसाधरणलाई टीका लगाउनका लागि राष्ट्रपति भवनको मूल ढोकामा सहजरुपमा प्रवेशको व्यवस्था गरिएको बताउनुभयो । टीका ग्रहणका लागि मर्यादित पोसाकमा आउन समेत राष्ट्रपति कार्यालयले आग्रह गरेको छ ।