यू-१९ प्रिमियर कप क्रिकेट: नेपाल फाइनलमा, एसिया कप खेल्ने

162 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ । नेपाली टोली मलेसियामा जारी एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

वर्षाबाट प्रभावित सेमिफाइनल खेलमा शनिबार जापानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा एक सय ४४ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

प्रतियोगिताको फाइनलमा पुगेसँगै नेपाली टोली आगामी यू—१९ एसिया कपका लागि पनि छनोट भएको छ ।