साँस्कृतिक बाजागाजासहित फूलपातीलाई हनुमान ढोका भित्र्याइयो

102 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । जमलस्थित जमलेश्वर महादेवमा पूजा गरी साँस्कृतिक बाजागाजासहित फूलपातीलाई हनुमान ढोका भित्र्याइएको छ ।

आज फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती पठाइएको हो।

फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका व्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ। सोही परम्पराअनुसार जमलमा फूलापाती भित्र्याएर हनुमान ढोका दरबारस्थित दशैँ घरमा गोरखाबाट ल्याएको फूलपाती भित्र्याइएको हो ।

नासलचोकमा वैदिक परम्पराअनुसार फूलपातीको पूजा गरी मुलचोकमा तान्त्रिक विधिबाट बलि दिइ हुनमानध्वाखाको दशैँघरमा फूलपाती भित्र्याउने परम्परा रही आएको छ।