थाक्रे कप फुटबल उपाधी वडा नं. ६ ले जित्यो

269 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

रामचन्द्र रुपाखेती
४ कार्तिक, महादेववेशी


थाक्रे गाउँपालिद्धारा आयोजित महादेववेशीमा जारी अन्तर वडा स्तरीय थाक्रे कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको फाइनल खेलमा थाक्रे वडा नं. ६ ले वडा नं. ७ लाई सडन डेथमा ७–६ गोल अन्तले पराजित गर्दै पच्पन्न हजार नगद समित उपाधी चुमेको हो ।
असोज २८ गते शुरुभएको खेलमा १२ वटा टिमको सहभागिता रहेको थियो । आज भएको फाइनलमा निर्धारित समयमा दुवै पक्षबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइवेकरमा गएको थियो । निर्धारित ट्राइवेकरमा समेत बराबर भएपछि खेल सडनडेथमा पुगी अन्त्यमा वडा नं. ६ विजयी भएको हो । यस प्रतियोगितामा सर्वाधिक गोल कर्ताको रुपमा ६ गोल गर्ने वडा नं. ७ का प्रदिप डङ्गोलले गोल्डेन बुट सहित पाँच हजार एक सय रुपैया, उत्कृष्ट गोलकिपर को उपाधि गोल्डेल ग्लोब र नगर एकाउन्न सय सहित थाक्रे ६ का कुमार तामाङ र प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि गोल्डेन बल थाक्रे ६ का क्याप्टेन दिपक लामाले एकाउन्न सय नगद सहित जित्न सफल भए । त्यस्तै दोश्रो हुने टिम वडा नं. ७ ले ३३ हजार नगद सहित ट्रफि र सान्त्वना उपाधि विजेता वडा नं. ११ र वडा नं. ८ ले ११–११ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । विजेता टिम तथा खेलाडीहरुलाई थाक्रे गाउँपालिका का अध्यक्ष रामकुमार आचार्यले नगद, शिल्ड तथा मेडल र प्रमाणपत्र वितरण गर्नुभएको खेल आयोजक समितिका संयोजक हिरा बहादुर थापाले जानकारी दिनुभयो ।