धादिङको खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प थप ठूलो धक्कासमेत आउन सक्ने जोखिम रहेकाले सतर्कता अपनाउन वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीको आग्रह

324 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-५ कात्तिक , २०८० । आईतबार  बिहान धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार बिहान ७ बजेर ३९ मिनेटमा भुकम्पको पहिलो झट्का महसुस गरिएको थियो । त्यसपछि पटक पटक पराकम्पन जानेक्रम जारी रहेको छ ।

केन्द्रका प्रमुख वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीका अनुसार यो भूकम्पपछि लगातारजसो परकम्प गइरहेका छन् । थप ठूलो धक्कासमेत आउन सक्ने जोखिम रहेकाले सतर्कता अपनाउन उहाँको आग्रह छ । भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई खुलाचौरमा बस्न उहाँको अनुरोध छ ।  भूकम्प गएपछि धादिङका धेरै ठाउँका  बासिन्दा  घर बाहिर निस्केर खुल्ला ठाउँमा बसेका थिए ।   भूकम्पको धक्का काठमाण्डौ उपत्यकाका साथै रसुवा, नुवाकोट , काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, गोरखा, चितवन, तनहुँ, लमजुङ लगायतका जिल्लामा पनि  महसुस  गरिएको सामाजिक सन्जाल प्रयोगकर्ताहरुले जानकारी दिएका छन । थियो । भूकम्पको क्षतिको पूर्ण  विवरण आउन बाँकी छ ।