हमास समुहको आक्रमणमा मारिएका चार जनाको शव ल्याइयो

88 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । इजरायलमा हमास समुहको आक्रमणमा मारिएका दस जनामध्ये चार जनाको शव आइतवार बिहान काठमाडौँ आइपुगेको छ । इजरायल सरकारले पहिचान भएका चार शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै शव नेपाल ल्याउने प्रकृया अगाडी बढाइएको थियो ।

पहिलो चरणमा नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्टको शव नेपाल आइपुगेको छ । दोस्रो चरणमा आशिष चौधरीको शव ल्याइएको हो ।

७ अक्टोबरमा गाजास्थित हमास समूहको आक्रमणमा परेर दस जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । बाँकी छ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गरिरहेको दूतावासले जनाएको छ ।

शव आजै नेपाली सेनाको हेलिकप्टरबाट कैलालीको धनगढी लैजाने तयारी रहेको छ । शव नेपाल आईपुगेसँगै परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि इजरायली राजदूत हाना गोडरलगायतले श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।