राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डल अफ्रिकी मुलुक अङ्गोला प्रस्थान

107 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अफ्रिकी मुलुक अङ्गोलाको लुवान्डामा यही कात्तिक ६ देखि १० गतेसम्म आयोजना हुने अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को १४७ औँ महासभामा भाग लिने नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार राति त्यसतर्फ प्रस्थान गरेका छन् ।

महासभामा अध्यक्ष तिमिल्सिनाले नेपालको सङ्घीय संसद्का तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले बताए । प्रतिनिधिमण्डलमा राष्ट्रियसभाका सदस्यद्वय जीतेन्द्रनारायण देव र कुमार दसौँदी, प्रतिनिधिसभाका सदस्य रुपासोसी चौधरी र सन्तोष परियार सङ्घीय संसद्का महासचिव भरतराज गौतम, सहसचिव बबिता मिश्र, उपसचिव त्रिविक्रम पराजुलीलगायत छन् ।