पाल्पाको रानीमहल दरबार नजिकै भएको जीप दुर्घटनामा छ जनाको मृत्यु

91 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । पाल्पाको रानीमहल दरबार नजिकै जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृतकको परिचय खुल्न बाँकी छ । बाग्मती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटनामा परेको हो ।

अहिले घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट, जिल्लाबाट गएको जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ ।

पर्यटकीय स्थल रानीमहल नजिकै बैकुण्ठे भीरबाट जीप खोलामा खसेको प्रहरीले जनाएको छ । घटनास्थलमा पुग्न ठूलो भीर र पहाड भएकाले उद्धारमा कठिनाइ भइरहेको स्थानीयले बताएका छन् ।