हमासले इजरायलमा आक्रमण गरी बन्धक बनाएका मध्ये थप दुई जनालाई छोड्यो

97 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एजेन्सी । प्यालेस्टाइन विद्रोही समुह हमासले इजरायलमा आक्रमण गरी बन्धक बनाएका दुई सय बढी नागरिकमध्ये हिजो थप दुई महिलालाई अपहरण मुक्त गरेको छ । अपहरण मुक्त भएका दुवैजना इजरायली वृद्ध महिलाहरु हुन् ।

दुवैजनाको स्वास्थ्य स्थिति कमजोर भएपछि उनीहरुलाई रिहा गरिएको हमासले जनाएको छ । हमासका सैन्य इकाई प्रवक्ता अवु उबैदाका अनुसार गत सातानै उनीहरुलाई रिहा गर्ने निर्णय गरिएपनि इजरायल सरकारले बन्धक बनाएका सम्पुर्णलाई एकसाथ रिहा गर्नुपर्ने शर्त अघि सारेपछि हमास पछि हटेको हो ।

यसअघि हमासको कब्जामा रहेका दुई अमेरिकी महिलालाई रिहा गरेको थियो । गत असोज २० गते हमासले इजरायलमाथि आक्रमण गरी स्वदेशी र विदेशी गरी २ सय २० नागरिकको अपहरण गरेकोमा इजरायलले हमास समक्ष उनीहरुलाई अपहरण मुक्त गर्न बारम्बार गरेको प्रयासलाई भने हमासले अस्वीकार गर्दै आएको छ ।

पछिल्लो समय इजरायले गाजापट्टीमा पुरै घेराबन्दी गरेपनि स्थलगत आक्रमण भने गरेका छैन । इजरायलले हमासमाथि स्थलगत रुपमा आक्रमण गरेमा बन्धक बनाएकाहरुको हत्या गर्ने धम्की दिएपछि इजरायल पर्ख र हेरको अवस्थामा रहेको छ ।