गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किए

126 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किनुभएको छ ।

चीन भ्रमणका क्रममा हृदयाघात भएपछि चीनको राजधानी बेइजिङमा उपचार गराएर उपप्रधानमन्त्री श्रेष्ठ बुधबार बिहान स्वदेश फर्किनुभएको हो ।

अक्टोबर १७ र १८मा बेइजिङमा भएको तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन’ (बीआरएफ)मा सहभागी हुन चीन जानुभएका उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो । श्रेष्ठको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा ५ दिनसम्मको उपचार पछि श्रेष्ठ स्वदेश फर्किनुभएको हो ।

श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।