त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधिका लागि नेपालले आज यूएईसंग खेल्दै

381 पटक पढिएको

१० कार्तिक २०८०, शुक्रबार १०:३४ सम्पादक: धादिङ न्यूज

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधिका लागि नेपालले आज यूएईसंग खेल्दै छ । बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा यूएईलाई लगातार तेस्रोपटक पराजित गर्दै सिरिजको उपाधि जित्ने योजनामा नेपाल हुनेछ।

पछिल्लो सयम सानदार प्रदर्शन गर्दै आएको नेपाल घरेलु मैदानमा १५ खेलयता अपराजित छ। ​

यूएई भने नेपालसँग भोगिरहेको पराजयको बदला दिने दाउमा छ। नेपाल लिग चरणमा अपराजित रहँदै फाइनल प्रवेश गरेको थियो भने नेट रनरेटका आधारमा हङकङलाई पछि पार्दै यूएईले नेपालसँगको भेट पक्का गरेको हो।