आज विजया दशमीको चौथो दिन, आज पनि टिका र जमरा लगाइने

97 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । विजया दशमीको चौथो दिन आज पनि आफन्त तथा मान्यजनबाट नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टिका र जमरा लगाइ आशीर्वाद लिने क्रम जारी रहेको छ ।

विजयादशमीका दिन टिका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले कोजाग्रत पूर्णिमासम्म टिका लगाउने परम्परा छ । घटस्थापनादेखि नौ दिनसम्म दुर्गाभवानीको पुजाआराधना गरेर राखिएको जमरासहितको टिका विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने गरिन्छ ।

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र टिका लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दशैं मनाइँदै आएको छ । कोजाग्रत पूर्णिमाका दिन भोलि रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि यस वर्षको बडादशैं समाप्त हुनेछ ।