राष्ट्रिय सभाको बैठक कात्तिक १४ गते बस्ने

164 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ – राष्ट्रिय सभाको अर्को बैठक आउँदाे कात्तिक १४ गते अपराह्न ४ बजेर ४६ मिनेटमा बस्ने भएको छ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रिय सभाको अर्को बैठक त्यस दिन र समयमा बस्ने गरी निर्धारण गर्नुभएको राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालद्वारा आज जारी सूचनामा उल्लेख छ ।

यसअघि गएको असोज २९ गतेकाे सूचनाद्वारा राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो ।