बारामा गोली प्रहारबाट घाइते भएका एकजनाको मृत्यु

105 पटक पढिएको

सम्पादक: Dhading News

बारा । गोली प्रहारबाट घाइते भएका बारा जिल्लास्थित बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक रुपेश सरार्फको मृत्यु भएको छ ।

बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार सर्राफको उपचारको क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।

सोमबार दिउँसो सर्राफलाई २ वटा मोटरसाईकलमा आएका ४ जनाको समूहले गोली हानेको थियो । कलैया–६ मदर्शा टोलमा सर्राफमाथि गोली प्रहार भएपछि उनलाई उपचारका लागि कलैया अस्पताल हुदै वीरगञ्जको बयोधा अस्पताल लगिएको थियो ।