प्रधानमन्त्री प्रचण्डसँग कहिल्यै नझुक्ने ओलीको भनाइ

101 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कहिल्यै नझुक्ने बताउनु भएको छ।

एमाले गण्डकीको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतले कम्युनिस्ट पार्टी फुटाएर दक्षिणपन्थीको करेसामा बास माग्न पुगेको टिप्पणी गर्दै यस्तो बताउनु भएको हो ।

ओलीले देशमा राजनीतिक रूपमै डकैती भइरहेको आरोप लगाउनुभयो। भन्सार र एयरपोर्टबाट कर छलेर तस्करी भइरहेको र सरकारले कारबाही गर्न नसकेको उहाँको आरोप उनको छ । ओलीले देश टाट पल्टिने अवस्थामा पुगेको बताउनुभएको छ।

उहाँले एमालेलाई बदनाम गराउन आफूमाथि अनर्गल आरोप लगाएको बताउनुभयो । उहाँले अझै २० वर्ष राजनीति गरेर विरोधीलाई तह लगाउने चेतावनी समेत दिनुभएको छ।