संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले आज संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्ने

90 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दै हुनुहुन्छ । दिउँसो ४ बजे गुटेरेसले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सम्बोधन गर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

बैठक शुरुभएसँगै गुटेरेसले सम्बोधन गर्ने तालिका रहेको छ । संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै महासचिव गुटेरेसको सम्बोधनको पनि अभिलेख राख्ने जनाइएको छ ।

गुटेरेस आज अन्नपूर्ण आधार शिविरबाट लुम्बिनी हुँदै काठमाडौं फर्किएपछि संसद्को संयुक्त सदनलाई सम्बोधन गर्न लाग्नुभएको हो । चार दिनको भ्रमणमा नेपाल आइपुग्नु भएका गुटेरेस भोलि बेलायत जानुहुनेछ