पछिल्लो २० वर्षयता नेपालको यात्रा हेर्न लायक रहेको गुटेरेसको भनाइ

89 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पछिल्लो २० वर्षयता नेपालको यात्रा हेर्नलायक रहेको बताउनुभएको छ ।

आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । “नेपालको पछिल्लो २० वर्षको यात्रा हेर्नलायक छ,” उहाँले भन्नुभयो ।

नेपालले गणतन्त्र र नयाँ संविधान जारी गरेर उल्लेख्य प्रगति गरेको उहाँको भनाइ छ । दिगो विकासका क्षेत्रमा नेपालले राम्रो प्रगति गरेको उहाँले उल्लेख गर्नुभयो ।