गुटेरेसको भ्रमणका बेला शान्तिप्रक्रियाका बारेमा देश विभाजनमा रहेको देखाउनु दुर्भाग्य: प्रचण्ड

125 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिवको भ्रमणका बेला शान्तिप्रक्रियाका बारेमा नेपालका केही नेताले देश विभाजनमा रहेको देखाउनु दुर्भाग्य भएको बताउनुभएको छ ।

आज संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियाका विषयका अन्तर्राष्ट्रिय समुदायको साथ पाइरहेको अवस्थामा नेपालका केही नेताले शान्ति प्रक्रियाका विषयमा देश विभाजित देखाउनु दुर्भाग्य भएको बताउनुभयो ।

यसअघि, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग आइतबार भएको भेटमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले शान्तिप्रक्रियाई निष्कर्षमा पुर्याउन तयार रहे पनि सरकारले शान्ति प्रक्रियालाई टुंगोमा लैजान ढिलाइ गरिरहेको जिकिर गर्नुभएको थियो ।

त्यसलाई लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिनुभएको हो ।