महासचिव गुटेरेसले संसदलाई गर्नुभएको सम्बोधन राम्रो: ओली

97 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदलाई गर्नुभएको सम्बोधन धेरै राम्रो रहेको बताउनुभएको छ ।

मङ्गलवार महासचिव गुटेरेसले संघीय संसदलाई सम्बोधन गरेलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिनुभयो। त्यस अवसरमा अध्यक्ष ओलीले संसदमा गरेको सम्बोधनका लागि महासचिव गुटेरेसलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।

उहाँले महासचिव गुटेरेसले नेपालको र नेपाली राष्ट्रबारे राम्रो मूल्याङ्कन गरेको धारणा राख्नुभयो । गुटेरेसले पीडित केन्द्रित भएर नेपालको सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषद्को सुझावलाई ध्यानमा राखेर नेपालले शान्ति प्रक्रियाको कामलाई निष्कर्षमा पुर्याउनुपर्ने बताएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसले छिट्टै पूर्णता पाउने कामना समेत गरेको बताउनुभयो ।