एनआरएनए पराजित अध्यक्ष शर्मासहित टोली माथि कार्यलयमै कुटपिट

322 पटक पढिएको

१४ कार्तिक २०८०, मंगलवार १९:५१ सम्पादक: धादिङ न्यूज

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का पराजित अध्यक्ष आरके शर्मा सहितका व्यक्तिहरु कुटिएका छन्। संघको बालुवाटारस्थित कार्यालयमै शर्मालगायतका कुटपिट भएको हो । उनिहरुलाई युवा संघको टोलीले कुटपिट गरेको आरोप लागेको छ ।

कुटपिटबाट बेल्जियम निवासी माओवादी केन्द्रका प्रवास ब्युरो इन्चार्ज  ओम शर्माको दाँतमा चोट लागेको छ।अन्य केहि घाईते भएका  शर्माले जानकारी दिनुभयो।

 शर्माले आँफुहरु कार्यालयमा जाँदा त्यहाँ उपस्थित भएका युवासंघका कार्यकर्ताहरुले आफूहरुमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।  ‘हामीमाथि युवासंघबाट आक्रमण भएको छ । यो अन्तयन्त निन्दनीय छ’, शर्माले बताउ नुभयो ।

संघकै सभाहलमा अर्का अध्यक्ष बद्री केसी पक्षले एमाले नेता महेश बस्नेतसहितको उपस्थिती कार्यक्रम चलिरहेका बेला आरकेसहित  संघको कार्यालयमा पुग्दा घटना भएको हो।