आज कतिपय स्थानमा हल्का वर्षा र हिमपात हुने

168 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं- आज पश्‍चिमी वायुको प्रभावका कारण आज दिउँसो देशभर आंशिक बदली रहनेछ। कतिपय स्थानमा हल्का वर्षा र हिमपात हुने  छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार  पहाडी भेगका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै, उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना छ।

महाशाखाका अनुसार अहिले बिहान कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।आज राति देशभर आंशिक बदलीदेखि मौसम सफा रहने पूर्वानुमान छ।

  • फाइल तस्बिर