डब्ल्यूएचओको क्षेत्रिय निर्देशकमा २ मतका साथ नेपालका उम्मेदवार पराजित

372 पटक पढिएको

१५ कार्तिक २०८०, बुधबार १६:२९ सम्पादक: धादिङ न्यूज

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदमा नेपालका उम्मेदवार पराजित भएका छन्। भारतको नयाँ दिल्लीमा आयोजित डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय कमिटीको बैठकपछीको निर्वाचनमा वंगलादेशकी उम्मदवारले हराएकी हुन् ।

नयाँ क्षेत्रीय निर्देशक पदमा नेपालका उम्मेदवार डब्ल्यूएचओमा कार्यरत शम्भुप्रसाद आचार्य र बंगलादेशको उम्मेदवार प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा बाजेद उम्मेदार बनेका थिए। उक्त पदका लागि भएको मतदानमा नेपालका आचार्यले २ मत पाउदा बंगलादेशकी बाजेदले ८ मत प्राप्त गरिन् ।

डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन् । यिनै ११ देशका स्वास्थ्य मन्त्रीहरु पालैपालो क्षेत्रीय अध्यक्ष हुन्छन् ।