समानुपातिक कोटाबाट धनाढ्यहरु मात्रै सांसद बन्ने गरेको रवि लामिछानेको टिप्पणी

103 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले समानुपातिक कोटाबाट धनाढ्यहरु मात्रै सांसद बन्ने गरेको टिप्पणी गर्नुभएको छ ।

आज बसेको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा बोल्दै सभापति लामिछानेले समानुपातिक कोटाबाट सांसद बनेका धनाढ्यहरुले संसद्मा समानुपातिकको मर्मअनुरुप पनि काम नगरेको आरोप लगाउनु भयो ।

लामिछानेले समानुपातिक प्रणालीको मर्मविपरीत धनाढ्य तथा शक्तिशाली नेता नै सांसद बन्न पुगेको बताउनुभयो। उहाँले भन्नुभयो,“पटकपटक मन्त्री भएका नेता समानुपातिका सांसद भएका छन् । यसले संविधानको उल्लंघन गरेको छ ।”