सुनको गरगहना सफा गर्ने भन्दै ठगी गर्ने पक्राउ

117 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १५ कात्तिक । सुनको गहना सफा गर्ने निहुँ पारेर ठगी गर्दै हिंडिरहेको दुई जना भारतीय नागरिक धादिङको थांक्रेबाट पक्राउ परेका छन् ।

धादिङको थाक्रे गाउँपालिका वडा नं४ कामराङ १६ बर्षिया सुशिला लामाको कानमा लगाउने सुनको रिङ सफा गरिदिने भनी केमिकलको प्रयोग गरी सफा गरिदिई सुन ठगी गरेपछि सो कार्यमा संलग्न दुई भारतीय नागरिक सोही ठाउँबाट पक्राउ परेका हुन ।
ठगि कार्यमा सँलग्न भारतको विहार प्रदेश मोतिहारी २५ बर्षिय राज किशोर कुमार र भारतकै चम्पाहरण जिल्लो २३ बर्षका पवन कुमारलाई कात्तिक १३ गते इलाका प्रहरी कार्यालय खानीखोलाको टोलीले पक्राउ गरेको थियो । पक्राउ परेको दुवै जनालाई जिल्ला अदालत धादिङबाट पाँच दिन को म्यादथप अनुमति लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
पक्राउ परेका व्यक्तिहरुको साथबाट सुन पेल्ने काठ, तारको व्रस, हथौडा, चिम्टी, तेजाव, मट्टितेल समेतको दशीहरु वरामद गरिएको प्रहरीले जनाएको छ ।