पुराना राजनीतिक दलहरु सबै बेठिक हुन् भन्ने भाष्य तयार गरियो: रमेश लेखक

101 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुराना राजनीतिक दलहरु सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको बताउनुभएको छ ।

आज प्रतिनिधि सभाको बैठकलाई नेपाली काँग्रेसको तर्फबाट सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । सचेतक लेखकले यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरु बेठिक हुन् भन्ने किसिमले प्रायोजित रुपमै आक्रमण भइरहेको बताउनुभयो ।

उहाँले यो संविधान र व्यवस्था असफल भए मुलुक खतरामा जाने दाबी समेत गर्नुभयो । लेखकले संविधान सफल बनाउन सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताउनु भयो ।