सर्वोच्च अदालतको आदेशपछि ‘रिगल’ पक्राउ

92 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । योगराज ढकाल ‘रिगल’ पक्राउ परेका छन् । सर्वोच्च अदालतको आदेशपछि उनलाई प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको हो ।

बाँकेका एसपी सुवास बोहोराले दिएको जानकारीअनुसार उनी भर्खरै नेपालगन्जबाट पक्राउ परेका हुन् ।

सर्वोच्च अदालतले आज बिहीबार नै माफी मिनाहाको निर्णय खारेज गर्दै तत्काल पक्राउ गर्न परमादेश जारी गरेको थियो ।

पूर्ण इजलासको आदेशलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।