मध्यराती भुँईचालोको धक्का, पश्चिम नेपालको जाजरकोट र रुकुममा ठूलो क्षती

239 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, १८ कात्तिक — शुक्रवार मध्यराती जाजरकोट केन्द्र बनाएर गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी शनिवार विहान ५ वजे सम्ममा ५० जना भन्दा बढीको मृत्यु भएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा‍.लोकविजय अधिकारीले जानकारी दिए।

भुकम्पबाट पश्चिम नेपालको जाजरकोट, रुकुम पूर्व,रुकुम पश्चिम लगायतका जिल्लामा ठूलो क्षती पुगेको छ । राजधानी काठमाण्डौंमा समेत भुकम्पको धक्का महसुस गरिएको थियो भने मध्य र पश्चिमनेपालका अधिकांश जिल्लामा पनि भुकम्पको कम्पन महसुस गरिएको थियो । भुकम्पको धक्का भारतको नयाँ दिल्ली सम्म पुगेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

भुकम्पका कारण बसेको घर भत्किंदा जाजरकोटको नलगाड नगरपालिकाको उप प्रमुख सरिता सिंहको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार जाजरकोटमा ३४ जनाको ज्यान गएकोे पुष्टी भईसकेको छ । घाईते हुनेको संख्या पनि धेरै नै पुगेको छ । घाइते मध्ये ८ जनालाई सुर्खेत पठाइएको छ भने २१ जनाको जिल्लामा उपचार चलिरहेको छ।

शनीबार विहान पाँच बजेसम्म रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार रुकुम पश्चिममा मात्रै ३६ जनाको मृत्यु भएको  छ । रातीको समयमा घट्ना भएकाले उज्यालो भएपछि थप विबरण आउन सक्ने प्रमुख जिल्ला अधिकारी शर्माले वताएका छन् ।

उज्यालो भएपछि खोजी र उद्धार कार्य बढ्ने हुँदा हताहतीको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । भूकम्पमा परेकाको उद्धार कार्य जारी रहेको छ । भुकम्पको कारण सयौं घरहरु भत्किएका छन् ।