जाजरकोटमा भूकम्प: मृत्यु हुनेको संख्या १२८ मृत्यु पुग्यो

153 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । पश्चिम नेपालमा गएराति आएको भुकम्पमा परि कम्तिमा १ सय २८ जनाको मृत्यु भएको छ ।

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भुकम्पमा परि जाजरकोट र रुकुममा ठूलो क्षती भएको छ । जाजरकोटमा मात्र मृत्यु हुनेको संख्या ९२ पुगेको छ भने रूकुममा कम्तिमा ३६ जनाको मृत्यु भएको रुकुम प्रहरीले जनाएको छ । रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले रुकुममा ३६ बढीको मृत्यु भएको र ५३ जना अस्पतालमा भर्ना भएको जानकारी दिनुभयो ।

रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् । डिएसपी भट्टराईले मध्यपहाडी लोकमार्गमा सुक्खा पहिरो खसेर बाटो अवरुद्ध भएको जानकारी दिनुभयो । भुकम्पले जाजरकोटको भेरी नगरपालिकामा ९ जना र कुशे गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ ।