नेपाललाई सबै सम्भव सहयोग गर्न भारत तयार प्रधानमन्त्री मोदीको भनाइ

100 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोट भूकम्पपछि नेपाललाई सबै सम्भव सहयोग गर्न तयार रहेको बताउनुभएको छ।

सामाजिक सञ्जाल एक्स (ट्विटर) मा मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । साथै घाइतेहरुको स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । उहाँले भारत सरकार यो विपद्को घडीमा नेपाललाई सबै सम्भव सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभएको छ ।