भूकम्प अपडेटः मृतकको संख्या १३८

114 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं ।  शुक्रबार राति गएको भूकम्पमा परि हालसम्म कम्तिमा १३८ जनाको मृत्यु भएको छ । यस्तै, १६६ जना घाइते भएका छन् ।

भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षती भएको छ । नेपाल प्रहरीका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको हो ।

भूकम्पमा परी जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ८५ जना घाइते गरि १६६ जना घाइते भएका छन् । शुक्रवार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।