नक्कली कागजात बनाएर नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न १० जना पक्राउपछि सार्वजनिक

319 पटक पढिएको

१९ कार्तिक २०८०, आईतवार २०:०० सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेपाल प्रहरीले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

आइतवार उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा काठमाडौँका विभिन्न ठाउँबाट ९ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सोमेन्द्रसिंह राठौरले २९६ अनुसन्धानरत नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रमस्वीकृति, प्लस टुको नक्कली सर्टिफिकेट, नक्कली नाताप्रमाणित कागजातका आधारमा अनुसन्धानबाट १० जना पक्राउ गरिएको बताए।

उहाँले अनुसन्धानबाट पक्राउ पर्ने नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका स्थायी घर भएका जयराम श्रेष्ठले नक्कली कागजात बनाउने काम गरेको बताउनुभयो ।