विश्वकपमा छनोट भएका राष्ट्रिय टोलीलाई ५० लाख पुरस्कार दिने क्यानको घोषणा

368 पटक पढिएको

२० कार्तिक २०८०, सोमबार २०:१२ सम्पादक: धादिङ न्यूज

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले टि–ट्वान्टी विश्वकप क्रिकेटमा छनोट भएका राष्ट्रिय टोलीलाई ५० लाख पुरस्कार दिने घोषणा गरेको छ। क्यानको आज बसेको बैठकले विश्वकपमा छनेट हुन सफल भएकोमा सम्मानस्वरुप राष्ट्रिय टोलीलाई ५० लाख दिने निर्णय गरेको हो।

क्यानले १९ वर्ष मुनिको विश्वकमा छनाेट भएको टोलीका प्रत्येक खेलाडीलाई समेत सम्मानस्वरुप जनही ५० हजारका दरले नगद पुरस्कार उपलब्ध गराउने भएको छ।

क्यानले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई चार देशीय शृङ्खलाका लागि हङकङ पठाउने निर्णय पनि गरेको छ। हङकङमा नोभेम्बर १५ देखि १९ सम्म हुने प्रतियोगिताका लागि महिला टोलीलाई त्यसतर्फ पठाउने भएको हो।

यस्तै क्यानले हालै सम्पन्न ओमान र नेपालबीचको टि–ट्वान्टी विश्वकप एशिया छनोटको टिकट बिक्रीबाट उठेको ५० प्रतिशत रकम जाजरकोटमा गएको भूकम्प पीडितका लागि उपलब्ध गराउने निर्णय गरेको छ।