सर्वदलीय बैठक बस्दै
172 पटक पढिएको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् । मंगलबार दिउँसो २ बजे सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग बैठक बोलाएका हुन्।
जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले गरेको धनजनको क्षति र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
गत शुक्रवार हरामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुमपश्चिमका १५३ जनाको मृत्यु भएको थियो भने करिब २०० घाइते भएका छन्। भूकम्पका कारण दुवै जिल्लामा सयौँ घर भत्किाएका छन्।