सल्यान्टारमा दुर्घटनाः दुई जना घाइते, एकको अवस्था चिन्ताजनक

158 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज
बुधबार, २१ कार्तिक २०८० ।धादिङको त्रिपुरासन्दुरी गाउँपालिकाको सल्यान्टारमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई युवक घाइते भएका छन् ।

सल्यानटारको बगैँचा स्थित गाउँपालिका कार्यालय नजिकै बेलगाउँचोकमा भएको दुर्घटनामा परी त्रिपुरासुन्दरी वडा नं। १ रानीपौवाका २२ वर्षीय रोशन परियार र सोहि ठाउँका २२ वर्षकै सन्दीप श्रेष्ठ घाइते भएका छन् ।

घाइते मध्ये रोशनको अवस्था अत्यन्त चिन्ताजनक रहेको सल्यान्टार प्रहरी चौकीका प्रमुख सई विष्णु बहादुर नेपालीले धादिङ न्यूजलाई जानकारी दिए ।

दुर्घटनामा गम्भिर घाईते भएका रोशन मोटरसाइकल पछाडि बसेका थिए । मोटरसाइकल चालक सन्दीप श्रेष्ठको अवस्था मध्यम छ । दुवैलाई सल्यान्टार स्वास्थ्य केन्द्रको एम्बुलेन्समार्फत रातीनै जिल्ला अस्पताल धादिङ लगिएको थियो ।

प्रहरीका अनुसार दुर्घटना घटना मंगलबार राती साढे ९ बजे भएको हो । उनीहरु सवार बा ५० प ७१३८ सिभिआर होण्डा बाइक सडक किनारमा रोकिराखेको ना६त २७५८ नम्बरको ट्याक्टरमा ठोक्किन पुगेको थियो । अत्याधिक तिव्र गतिमा आएको मोटरसाईकलले ठक्कर दिंदा रोकिराखेको ट्याक्टर नै पल्टिएको स्थानीयले वताए ।