सल्यानटार दुर्घटनामा घाईते एक जनाको मृत्यु

151 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

२२ कात्तिक २०८० धादिङ । धादिङको सल्यानटारमा मंगलबार राती भएको दुर्घटनामा परि घाईते भएका मध्ये एक जनाको ज्यान गएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका–२, माझगाउँमा सिक्टारबाट रानीपौवातर्फ जाँदै गरेको बा ५० प ७१३८ नम्बरको मोटरसाइकल मंगलबार राति अनियन्त्रित भइ सडक छेउमा रोकी राखेको ट्याक्टरमा ठोक्किए दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार त्रिपुरासुन्दरी गाउँपालिका–१ का २२ वर्षीय रोशन परियारको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको प्राथमिक स्वास्थ्य चौकी सल्यानटारमा सामान्य उपचारपश्चात जिल्ला अस्पताल धादिङबेसीमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

घाइते भएका मोटरसाइकल चालक २२ वर्षीय सन्जिव श्रेष्ठको धादिङबेसीमा उपचार भइरहेको मिश्रले जानकारी दिनुभयो ।