एमालेको सचिवालय बैठक आज बस्दै

88 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एमालेको आज सचिवालय बैठक बस्दैछ । बैठक अहिले केहिबेरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने जनाइएको छ । आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

साथै बैठकमा जाजरकोटमा भूकम्पबाट भएको जनधनको क्षति र राहत तथा मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुने जनाइएको छ । एमालेले आगामी मंसिरमा मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान सञ्चालन गर्ने भएको छ ।