मंसिर १४ देखि मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने एमालेको निर्णय

74 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एमालेले आगामी १४ मंसिरदेखि मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको सचिवालय बैठकले तीन हप्ता लामो लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

यो अभियानको उद्देश्य पहाडी क्षेत्रको समृद्धि हुने उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बताउनुभयो । उक्त अभियान डडेल्धुराको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त हुनेछ ।