धादिङमा राती ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

131 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ । तिहार नजिकिँदै छ । तिहार भन्नसाथ देउसीभैलो विशेष मानिन्छ । तिहारमा देउसीभैलो खेल्ने चलन रहेको छ । धादिङमा राती ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै राती ९ बजेपछि देउसी भैलो लगायतका कार्यक्रम गर्न रोक लगाएको हो ।

सामाजिक तथा धार्मिक सद्भाव कायम गर्दै चाडपर्व सभ्य, सुरक्षित र मर्यादित रुपमा मनाउन प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले आग्रह गरेका छन् । उनले जारी गरेको सूचनामा देउसी भैलो राती ९ बजेसम्म खेल्न र असभ्य, अमर्यादित तथा सामाजिक सद्भाव खल्ल पुग्ने गरी कार्यक्रम नगर्न आग्रह गरिएको छ ।

यस्तै मदिरा तथा मदिराजन्य पदार्थको बिक्री वितरण राती ९ बजेसम्म प्रचलित कानुन अनुसार अनुमति प्राप्त व्यवसायीले मात्रै गर्न पाउने सूचनामा उल्लेख गरिएको छ ।