प्रधानमन्त्री र चिनियाँ नेता वाङ छुङछेङबीच भेटवार्ता
94 पटक पढिएको
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा सचिव वाङको टोलीसंगको भेटमा दुई देशबीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ ।
वाङको टोली हिजोदेखि नेपाल भ्रमणमा रहेको छ । पाँच दिने नेपाल भ्रमणमा आएको टोलीले काठमाण्डौ आइपुगेदेखि नै उच्चस्तरीय भेटघाट थाल्दै आएको छ ।
वाङले भूकम्पपछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । हिजो काठमाडौं आएलगत्तै उपराष्ट्रपति रामसहाय यादवसँगको शिष्टाचार भेटमा वाङले सहयोग प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
वाङ भोलि पोखरा गएर त्यहाँका मुख्यमन्त्रीसँग भेट्नुका साथै चीन–नेपाल सांस्कृतिक आदान प्रदानसम्बन्धी परियोजनाको निरीक्षण गर्ने कार्यतालिका रहेको छ ।
भेटवार्ताहरु दुईपक्षीय सहयोग आदान–प्रदानका विषयमा केन्द्रित हुने बताइएको छ ।