फियान नेपालको अध्यक्षमा धादिङका गोकर्ण रुपाखेती पुन : निर्वाचित

164 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज

२०८० कात्तिक २३ बिहीवार

धादिङ । खाध्य सुरक्षा, खाध्य अधिकार र खाध्य सम्प्रभुताको क्षेत्रमा राष्ट्रिय स्तरमा नीति वकालत र पैरवी गर्दै आईरहेको राष्ट्रिय स्तरको गैर सरकारी संस्था फियान नेपालको अध्यक्षमा धादिङ थांक्रेका गोकर्ण रुपाखेती दोश्रो कार्यकालका लागि निर्वाचित हुनु भएको छ ।

संस्थाको कात्तिक २३ गते विहीबार सम्पन्न भएको १६ औ साधारण सभा तथा ८ औं अधिवेशनबाट धादिङ जिल्लामा रहेर सामाजिक आन्दोलनको अगुवाई गर्दैआईरहनु भएका रुपाखेती अध्यक्षमा पुन : निर्वाचित हुनु भएको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा इन्द्रमाया शंकर, महासचिवमा राम बहादुर पुन, कोषाध्यक्षमा सफल सुब्बा, सचिवमा मदनराज जोशी, सदस्यहरुमा रामलखन हरिजन, बसन्त प्रताप सिंह, प्रकाश बहादुर सिंह र यमुना महर्जन निर्वाचित हुनु भएको छ ।

फियान नेपालले खाद्यअधिकार तथा सामाजिक सरोकारका सवालहरुमा विभिन्न गतिविधिहरु मार्फत योगदान पुर्याउदै आएको छ । २०३० सम्म भोकमरीको समस्या अन्त्य गर्ने सरकारको लक्ष्यलाई सहयोग गर्नका निमित्त समुदाय तहदेखि राष्ट्रिय स्तरमा वकालत र पैरवीको अगुवाई समेत गर्दै आएको छ ।