नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिए राजीनामा

123 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिनुभएको छ ।

पाण्डेलाई रथीमा बढुवाका लागि प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको बोर्डले रक्षा मन्त्रालयमा पेस गर्ने तयारी गरेको थियो । तर, उहाँको नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरक देखिएको भन्दै आलोचना भएको थियो ।

पाण्डेको कागजात छानबिन गर्नुपर्ने चौतर्फी दबाब बढेपछि पाण्डेले बिहीवार राजीनामा दिनुभएको हो । पाण्डेको राजीनामा स्वीकृत भएपछि वरीयताका आधारमा उपरथी अशोक सिग्देल रथीमा बढुवा हुने सम्भावना छ ।