आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औ जन्मजयन्ती मनाइँदै

101 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १५ औ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

कालजयी कृतिमार्फत् नेपाली साहित्यमा पु¥याएको योगदानलाई स्मरण गर्दै हरेक वर्ष लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ ।

विसं १९६६ साल कात्तिकको औंशीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको साहिलो छोराको रुपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवात गरेका थिए ।

देवकोटाका चर्चित कृतिहरुमा ‘भिखारी’ कविता संग्रह, ‘मुनामदन’ खण्डकाव्य, ‘शाकुन्तल’ महाकाव्यलगायतका छन् । ‘लक्ष्मी कविता संग्रह’, ‘मायाविनी सर्सी’ खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य पनि चर्चित कृति हुन् ।

देवकोटाले राणा कालमा जनताले पनि पढ्न पाउनुपर्ने माग गर्दै क्रान्ति गरेका कारण पटकपटक जेल परेका थिए ।

देवकोटा २०१५ सालमा गठित पहिलो जनप्रतिनिधिमूलक सरकारको शिक्षा मन्त्री समेत भएका थिए । देवकोटो जन्मिएको मैतिदेवीको घरलाई सरकारले संग्रहालयको रुपमा पुनर्निर्माण गरेको छ ।