कृष्णभिर नजिकै मृत भेटिएका पत्रकार ढकालको हत्या भएको आशंका शंकास्पद व्यक्तिलाई उजुरी दिंदै परिवारका सदस्य

408 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । स्याङजा जिल्ला घर भएका  सञ्चारकर्मी तथा गायक प्रकाश ढकालको मृत्यु शंकास्पद भएको परिवारका सदस्यहरुले वताएका छन ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ढकालको शव आइतबार साँझ ५ बजेतिर फेला परेको थियो। त्रिशूली नदी किनारको खोचमा ढकालको शव फेला परेको हो।

ढकाल स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ७ का हुन् । उनी काठमाडौं बस्ने गर्दथे । स्याङ्जाबाट गत शुक्रबार काठमाडौंतर्फ हिंडेका ढकाल संम्पर्क विहिन भएका थिए । परिवार तथा साथीभाइ सँग संपर्क बिहिन भएका ढकालको खोजीका लागी प्रहरीको सहयोगमा साथीभाइ,लोकदोहोरी गीत प्रतिष्ठान, तथा पत्रकार महासंघ लागि परेका थिए ।

त्रिशूलीमा र्‍याफ्टिङ गर्नेहरूले आईतबार खोचमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खोचबाट शव सोमबार बाहिर निकालिएको थियो।

ढकालको शव धादिङको वेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ७ को कृष्णभिर नजिकै त्रिशूली नदी किनारमा  भेटिएको थियो ।नदी किनारको ढुङ्गामा अडकिरहेको अबस्थामा शव देखिएपछि प्रहरी र स्थानीयवासी आइतबार रातीनै शव भएको ठाउँमा पुगेका थिए । शव रहेको स्थान निकै अप्ठेरो ठाउँमा भएकाले ढकालको हत्या भएको हुन सक्ने घटनास्थल पुगेका आफन्त र परिवारका सदस्यहरुको आशंका छ ।

सोमबार विहान घटनास्थल पुगेका ढकालका आफन्त,राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रिय अध्यक्ष गिता थापा , केन्द्रिय सचिव स्याङ्जाका घनश्याम रिजाल, प्रतिष्ठानका केन्द्रिय सदस्य धादिङ मलेखुका भरत बराकोटी , लालीगुराँस डट कमका प्रवन्ध निर्देशक प्रमुख कमल सरगम र अन्य व्यक्तिले शव प्रकाश ढकालको भएको पुष्टि गरेको इलाका प्रहरी कार्यालय गजुरीका इन्चार्ज प्रहरी नायव उपरिक्षक मदन बहादुर कुँबरले जानकारी दिए ।

स्याङजा जिल्ला चापाकोट नगरपालिका वडा नम्बर ७ साखर घर भएका ढकाल मोडल,पत्रकार दोहोरी गितका गायक हुन । उनि मंसिर १ गते राती देखि हराईरहेको भन्दै उनको खोजीका लागि परिवारका सदस्य, आफन्त तथा चिनजानका व्यक्तिहरुले सामाजिक सन्जाल मार्फत आग्रह गरिरहेका थिए ।

ढकाल लामो समय बैदेशिक रोजगारीमा दुबई बसेर दुई बर्ष पहिले नेपाल फर्किएका थिए ।ढकालले आधा दर्जन गीत लेखेका छन भने केही संचारमाध्यमहरुमा आबद्द थिए । काठमाण्डौमा बसेर बैदेशिक रोजगारी सँग सम्बन्धित काम, लोकदोहोरी तथा पत्रकारिता क्षेत्रमा आबद्द उनको मृत्‍युलाई परिवार तथा आफन्तले हत्या भएको हुन सक्ने शकांको रुपमा लिएका छन ।

मृतक ढकालको शब पोस्टमार्टमका लागि शिक्षण अस्पातल काठमाण्डौ लगिएको छ ।

ढकालको दुई वर्षअघि श्रीमतीसँग पारपाचुके भएको थियो । उनीहरूका दुई सन्तान छन् । सन्तान आमासँग बस्दै आएका थिए । पारिवारिक कारणले ढकाल केही मानसिक तनावमा पनि थिए ।

ढकाल सात वर्षदेखि लालीगुराँस डट कममा मनोरञ्जन संवाददाताका रुपमा कार्यरत रहेका थिए ।