प्राप्त उपलब्धि रक्षाका लागि सबै एक हुन प्रधानमन्त्रीको आग्रह

95 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्राप्त उपलब्धि रक्षाका लागि सबै एक हुन आग्रह गर्नुभएको छ ।

बुधबार शंखधर दिवसको अवसरमा काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय लोकतन्त्रपछिका उपलब्धिलाई कमजोर बनाउँदै जाने क्रम बढेको भन्दै सबैले एक ठाउँमा उभिएर उपलब्धिको रक्षामा लाग्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले आन्दोलन सफल भएपछि प्राप्त उपलब्धिको रक्षा गर्न बिर्सिने परिपाटी विकास भएको भन्दै त्यसलाई रोक्न आवश्यक रहेको बताउनुभयो । उहाँले व्यवसायी दुर्गा प्रसाईंप्रति लक्षित गर्दै दुशाहस, दिवा स्वप्ना र ठूलो विभ्रम फैल्याउने कसरतमा लागेको भएपनि सफल हुन नसक्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले जनताका हक अधिकारको लागि अझै अघि बढेर लड्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।