सुन आज तोलामा १ लाख १७ हजार ४ सय पुग्यो

121 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डाै – सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ४ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो  । यसअघि गएको कात्तिक १२ गते सुनको भाउ बढेर तोलामा १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।

सुनको भाउ हिजो भन्दा आज तोलामा पाँच सय रुपैयाँले महँगो भएकाे हो । हिजो तोलामा सुन १ लाख १६ हजार ९ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार भाउ अझै बढ्न सक्ने अनुमान छ ।

यस्तै, चाँदी पनि आज भाउ बढेर तोलाको १ हजार ५ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै महँगो हो ।