कसैले चाहँदैमा राजतन्त्र नआउने देउवाको भनाइ

128 पटक पढिएको

सम्पादक: Dhading News

नवलपरासी – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले चाहँदैमा राजतन्त्र नआउने बताउनुभएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दलदलेमा नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला भेलालाई आज सोमवार सम्बोधन गर्दै सभापति देउवाले कसैले भन्दैमा राजतन्त्र नआउने बताउनुभयो ।

सभापति देउवाले संविधानसभाले राजा हटाउने निर्णय गरिसकेकाले राजतन्त्र अब नफर्किने जिकिर गर्दै भन्नुभयो, ‘पूर्वराजा फर्कने कुरा छैन, संविधानसभाले राजा हटाउने निर्णय गरिसकेको छ, कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन ।’

सभापति देउवाले अन्य विषयमा छलफल गर्न सकिए पनि राजतन्त्र फर्काउने विषयमा कुनै कुरा नहुने भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजतन्त्रका बारेमा वकालत गर्नु भोलिका लागि घातक हुने बताउनुभयो । जिल्ला सम्मेलनमा कांग्रेसका अन्य  नेताहरूले पनि सम्बोधन गरेका थिए ।