संसद र समिति सञ्चालन गर्न सरकारले बजेट नियन्त्रण गरेको सभामुख घिमिरेको भनाइ

91 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद र समितिका कामकारबाही अतिरिक्त समयमा सञ्चालन गर्नका लागि सरकारले बजेट विनियोजनमा नियन्त्रण गरेको बताउनुभएको छ ।

सोमबार संसदीय समितिका सभापतिहरुसँग समितिको कामकारबाहीलाई अघि बढाउनेबारेमा सिंहदरबारमा छलफल गर्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले संसद र संसदीय समितिको बैठक कार्यालय समयमै राख्न अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गर्नुभएको बताउनुभयो ।

सभामुखले नियमित समय बाहेक बैठक राख्दा कर्मचारीहरुलाई अतिरिक्त सुविधा नदिएको गुनासो कर्मचारीहरुले गरेको बताउनुभयो ।

उहाँले विगतमा संसदलाई विभिन्न विदेशी एवं दातृ निकायहरुबाट सहयोग प्राप्त हुने भएपनि पछिल्लो समय सहयोग घट्दै गएको र कतिपय सहयोग नेपालका लागि उपयुक्त नभएकाले पनि कम बन्दै गएको बताउनुभयो ।