देउवाद्वारा तीन भ्रातृ संस्थाका अध्यक्ष नियुक्त

120 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले तीनवटा भ्रातृ संस्थाका अध्यक्ष नियुक्त गर्नुभएको छ ।
म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आबद्ध भ्रातृ संघ नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा), नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ) लाई मंगलबार(आज) नियुक्त गर्नुभएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
कांग्रेसमा लामो समयसम्म भ्रातृ संस्थाले महाधिवेशन गर्न सकेका छैनन् ।