राष्ट्रिय सभाका सांसद महेशकुमार महराको पसलबाट धनमाल चोरी

348 पटक पढिएको

१२ मंसिर २०८०, मंगलवार १७:५० सम्पादक: धादिङ न्यूज

काठमाण्डाै । राष्ट्रिय सभाका सांसद महेशकुमार महराको पसलबाट धनमाल चोरी भएको छ । काठमाण्डाै महानगरपालिका घट्टेकुलोमा रहेकाे महराकाे पसलबाट केही धनमाल चोरी भएको प्रहरीले जनाएकाे हाे ।

आज बिहान घट्टेकुलोमा रहेकाे पसलको सटर खोल्ने क्रममा उहाँकी श्रीमतीले पसलअगाडि राख्नुभएको सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको सांसद महराले जानकारी दिनुभयो।

‘पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुइँमा राखेको झोला अपरिचित व्यक्तिले तत्कालै उठाएर भागेको देखिएकाे छ’ उहाँले भन्नुभयो ।

घटनाका बारेमा प्रहरीले सीसी टीभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको छ ।