रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले

128 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ६ जना पदाधिकारी थपेको छ ।

रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट एक जना उपाध्यक्ष, दुई जना सहमहामन्त्री र तीन जना सहप्रवक्ता गरी ६ जना पदाधिकारी थपिएको बताउनुभयो ।

महामन्त्री ढकालका अनुसार उपाध्यक्ष डा. स्वर्णिम वाग्ले, सहमहामन्त्रीमा विपिन आचार्य, सुमन श्रेष्ठ, सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईंलाई मनोनीत भएका छन् । रास्वपामा यसअघि नै उपाध्यक्षमा डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र कोषाध्यक्षमा बसुमाया तामाङ रहेका थिए । अब सभापतिसहित ११ सदस्यीय पदाधिकारी बनेको छ ।

संसदीय दलको उपनेता रहेका विराजभक्त श्रेष्ठलाई सचिवालय सदस्य बनाएको उनले बताए ।

रास्वपाले पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ संगठनात्मक ढाँचा अनुसार पार्टी सञ्चालन गर्ने निर्णय अनुसार पार्टी सचिवालय गठन गरिएको छ ।